काठमाडौं, काठमाडौं महानगरपालिकाले सरकारको निर्णय विपरीत खुल्ने विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौं कै केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिएको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।


