Saturday 27 June 2026 / शनिबार, १३ असार २०८३

काठमाडौँ, काठमाडौँ उपत्यकामा कुन सवारी साधान जोर विजोर प्रणालीमा चल्छ, कुन कुन चल्दैन भनेर तपाई अन्यौलमा पर्नु भएको छ । अब त्यो अन्यौलता हटाइएको छ ।

आज पुरक आदेश दिँदै प्रशासनले तोकिएका सवारी साधानलाई जोरविजोर लागू नहुने सार्वजनिक गरेको छ ।

काठमाडौँ प्रशासनले अन्यौलता चिर्दै आज विज्ञप्तिमाफृत थप स्पष्ट पारको छ । उपत्यकामा आज राती १२ बजेदेखि जोरविजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्र्ने स्थानीय प्रशासनले विहिबार नै आदेश जारी गरेको थियो । आज पुरक आदेश दिँदै प्रशासनले तोकिएका सवारी साधानलाई जोरविजोर लागू नहुने सार्वजनिक गरेको छ ।

जोरविजोर लागू नहुने सवारी साधान

औषधी एबं स्वास्थ्य सामग्री बोकेका सवारी, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस पेट्रोलियम पदार्थ बोकेका, खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपंक्षि, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधान तथा निर्माण सामग्री बोक्ने सवारी साधन (चालक सहचालक मात्र) लाई उक्त नियम लागू हुने छैन ।

यस्तै परिचयपत्रको आधारमा बंैक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दुरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साध, सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान तथा सरकारी सवारी र कुटनीतिक नियोगका सवारी साधन निर्वाध रुपमा सञ्चालन गर्न पाइने छ ।

अन्य सार्वजनिक तथा निजी सवारी साधान भने जोर दिनमा जोर नम्बर प्लेट भएका र विजोर दिनमा विजोर नम्बर प्लेट भएका मात्रै चल्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय