Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

गायक सुनिल गिरीले ‘को होला त्यो २’को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’ सार्वजनिक गरेका छन् । योे गीतमा गायक गिरीकै शब्द तथा संगीत छ । गीतमा सुमन गुरुङको स्वर छ ।

यो गीतको भिडियोमा मोडल पल शाहले कृष्टिना थापासँग रोमान्स गरेका छन् । एक प्रेमीकाले आफूलाई माया गरेको प्रेमीको पर्खाई र संझनामा बिताएका दिनहरुलाई निर्देशक अनिल के मानन्धरले भिडियोमा उतारेका छन् ।

मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई अनिलले नै छायांकन गरेका हुन् । गायक गिरीले भिडियो र गीतबाट दर्शकले नयाँ स्वाद पाउने प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय