काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब निफको पाँचौ संस्करण आगामी चैत्र महिनाको १०देखि१४ सम्म काठमाडौंमा आयोजना हुन छ ।
उक्त महोत्सबमा सहभागीताको लागि ५५ देश बाट ४०० बढी चलचित्रहरु प्राप्त भएकोमा सबै चलचित्रहरु राम्रा हुँदा हुँदै पनि हाम्रो समय र निस्चित गरिएको मापदन्डको पालना गर्दै निफ चलचित्र छनौट समितिले सिफारिस गरेको आधारमा आबेदन प्राप्त चलचित्रहरु मध्यबाट ३८ देशको ८९ वटा चलचित्रहरु छनौट भएको आयोजक प्रमुख केपी पाठकले जानकारी दिनु भयो ।
उक्त प्रतियोगितामा अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्ममा चलचित्रहरुको आवेदन परेको थियो ।
आफ्नो निर्धारित कार्यक्रम अनुसार आज २५ जनवरी २०२२ ९ ११ माघ २०७८० मा यो सुची जारी गरिएको हो ।
बिश्वभरिका कथाहरुको उत्सब नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब भन्ने नाराका साथ आयोजना भइरहेको निफको पाँचौ संस्करण यही १० देखि १४ चैत्र सम्म काठमाडौंमा हुन गईरहेको छ । फिल्म संस्कृतिको विकास गर्ने उद्देश्यसहित सुरु भएको यस फेस्टिभलमा यो वर्ष नेपाली प्रतिष्पर्धामा पचास हजार नगद पुरस्कार सहितको “वेष्ट डकुमेन्ट्री अवार्ड” पनि थप गरिएको छ ।
यस अतिरिक्त नियमित रुपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५सय अमेरिकी डलर राशि सहित गौतमबुद्ध अवार्ड प्रदान गरिने छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्महरु मध्यबाट एउटालाई International Federation of film societies, IFFS Don Quijote Award पनि प्रदान गरिनेछ ।
यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्रीअवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु। १ लाख नगद र ट्रफी , उत्कृष्ट सर्ट फिल्मलाई नगद रु। ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।


