Thursday 10 September 2026 / बिहीबार, २५ भाद्र २०८३

काठमाडौँ,राजस्व अनुसन्धान विभागले विभिन्न मोबाइल एप्लिकेसनको प्रयोग गरेर रु ३७ करोड बढी (३१ लाख २७ हजार बढी अमेरिकी डलर) को अवैध कारोबार गरेको कसुरमा एकै परिवारका तीनसहित चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

कैलालीको लम्किचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौँ कालोपुल बस्ने दिनेश खड्का, उसकी दिदी भगवती खड्का तथा बुबा नरबहादुर खड्का र दिनेशकी साथी अनिता धितालले कैफियत गरेको आरोपमा मुद्दा दर्ता गरिएको विभागद्वारा आज जारी सूचनामा उल्लेख छ । उनीहरुले मिलेमतोमा अनलाइनमार्फत अवैध रुपमा डलरको कारोबार गरेको पाइएको विभागले जनाएको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा राष्ट्र बैंकले जारी गरेको सूचनाविरुद्ध कसुर गरेको दाबीसहित विभागले रु ३७ करोड ६४ लाखभन्दा बढी बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ । दायर मुद्दामा बिगो जफत गरी तीन वर्षसम्म कैद सजायको माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय