Wednesday 5 August 2026 / बिहीबार, २१ श्रावण २०८३

काठमाडौँ, वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल ‘अनिस’ले विचौलियाहरुलाई भित्र प्रवेश नदिन निर्देशन दिएका छन् । यातात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् ।

“पहिलो कुरो त हामी विचौलियहरुलाई भित्र पस्न नदिनुहोस् भन्छौँ, यित त्यो पनि भएन भने पुलिस लगाएर भए पनि समाउँछौ र कारबाही गर्छौ, त्यसपछि कानुनी कारबाहीमा आएपछि त साइड लागिहाल्छ, मन्त्री दाहालले भने । ”

कार्यालयहरुमा कहीकतै सेटिङ रहेको पाएमा निर्मम तरिकाले कन्ट्रोल गर्ने मन्त्री दाहालले बताए । उनले भने, ‘कार्यालयभित्र कहीकतै कर्मचारीहरुको सेटिङ छ भने हामी खोजी हाल्छौ, त्यसलाई छोडिदैन हामी निर्मम तरिकाले कन्ट्रोल गर्छौँ ।’ यातायात मन्त्रालय वागमतीका सचिव अशोक शाहसहित मन्त्री दाहाल छड्के अनुगमनका लागि यातायात व्यवस्था कायाृलय पुगेका थिए ।

सेवा ग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुमगन गरेका हुन् । सचिव शाहले अनलाईन प्रणालीको विकास गरिनेने बताए । ढड्डा प्रणलीले गर्दा आएको समस्याहरुको छिट्टै समाधान गरिने बताए ।

अनलाईन प्रणली विकास गरि ढड्डा प्रणालीका कारण आएको समस्या समाधान गरिने छ, निति ऐन कानुन बनाएर वागमती प्रदेशलई नमुना बनाउने गरि काम गरिने छ ,सचिव शाहले भने ’ ।

साथै उनले मन्त्री दाहालको योजना अनुसार नै सबै कार्यालयहरुमा अनुगमन जारी राखी विचौलियाहरुलाई रोक्ने र घुसिया कर्मचारीलाई कारवाही गरिने बताए ।
सेवा ग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुमगन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय