काठमाडौं । गायिका सुबानी मोक्तानले नयाँ गीत ‘समय’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
सुबानीकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा उनी आफैंले अभिनय गरेकी छन् । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा गायिका सुबानीसँगै अभिनेता पुष्प खड्का मुख्य भूमिकामा छन् । त्यस्तै प्रियाना आचार्य र धुव्र बुढाथोकीको समेत अभिनय छ ।
गीतसँगै आफ्नो अभिनयलाई लिएर पनि एकदमै उत्साहित रहेको उनी बताउँछिन् । एक सय बढी गीतमा स्वर दिइसकेकी उनले यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
‘सुबानी मोक्तान’ युट्युब च्यानलमा सार्वजनिक भिडियोलाई अमृत सुनुवारले छायांकन र हिमाल जोशीले सम्पादन गरेका हुन् ।


