काठमाडौं, नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्ध नेपालले राम्रो खेलेको भन्दै खेलाडीहरुको तारिफ गरेका छन् ।
शनिबार मरिससविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा उनले तीन वटा अवसर पाउँदा एउटा मात्र गोल भएको बताए । साफ खेलकुदपछिको राम्रो खेल शनिबारको भएको उनको भनाइ छ ।
‘मलाई लाग्छ खेलाडीहरुले मुटुबाट खेले, जित महत्वपूर्ण छ तर म सन्तुष्ट छैन । उनीहरुले ३ अवसर पाएका थिए’ उनले भने ।



