Wednesday 29 July 2026 / बुधबार, १३ श्रावण २०८३

मासिक पत्रिका नारीको माघ अंकको कभरमा मोडल एवं अभिनेत्री नम्रता श्रेष्ठलाई देख्न पाइएको छ । थुप्रै रनवे शो हुँदै टिभि विज्ञापन तथा म्युजिक भिडियोहरुमा पनि देखिंदै आएकी अभिनेत्री एवं मोडल नम्रता श्रेष्ठले रुदाने, आस्था, गाँठो, जानी नजानी, माछा माछा लगायतका चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छिन् । नारी पत्रिकाको माघ अंकको कभर पृष्ठ नम्रताको सुन्दरताई आकर्षक तस्वीरमा उतार्ने काम ग्ल्यामर एवं फेसन फाटोग्राफर महेश प्रधानले गरेका छन् ।

नम्रताको सुन्दरतालाई हेयर तथा मेकअपको माध्यमबाट निखार्ने काम टेकुस्थित ग्लिटर्स स्टुडियोका मेकअप आर्टिष्ट रश्मि श्रेष्ठले गरेकी छिन् । घण्टाघरस्थित वुमन्स प्लानेटका डिजाइनर सुष्मा सिंहको मनमोहक पहिरनमा प्रस्तुत भएकी अभिनेत्री नम्रताको फोटोशुट भने ताहाचल स्थित हायात प्यालेसमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय