Tuesday 4 August 2026 / मंगलवार, १९ श्रावण २०८३

चितवन, चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।

बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उहाँले बताउनुभयो । निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् । –––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय