काठमाडौं, नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।
उनले मुलुकको राजनीतिक गतिरोध अन्त्यको लागि एमाले सकारात्मक भएको बताउँदै पछिल्लो समय आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवासमा वार्ता गर्ने स्थिति बन्नुलाई चित्रण गरे ।



