Wednesday 14 October 2026 / बुधबार, २८ आश्विन २०८३

काठमाडौँ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा वैदेशिक लगानी आवश्यक रहेको स्पष्टोक्ति दिनुभएको छ । सरकारले प्रतिनिधिसभा भङ्ग भएकै अवस्थामा सर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि वैदेशिक लगानी आवश्यक हो वा होइन भन्ने चर्चा चलिरहेकै अवस्थामा सरकारको तर्फबाट सो धारणा राख्नु भएको हो ।

एशोसिएशन अफ नेपाली अग्रीकल्चर जर्नालिष्ट्स (अनाज) र राष्ट्रिय कृषक समूह महासङ्घ, नेपालले काठमाडौँमा आयोजना गरेको बहस कार्यक्रममा प्रवक्ता घिमिरेले सम्बन्धित सरोकारवालासँग यथेष्ट बहस र गृहकार्यपछि मात्र वैदेशिक लगानी भित्र्याइने जानकारी दिनुभयो । सरकारले डेरी उद्योग, पशुपन्छी, मत्स्य, तथा मौरीपालन, फलफूल, तरकारी र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) खुला गर्ने निर्णय पुस २० गतेको नेपाल राजपत्रमा प्रकाशित गरेको छ । सरकारको उक्त निर्णय कार्यान्वयनमा आए प्रत्यक्ष वा अप्रत्यक्षरुपले झण्डै ६६ लाख सरोकारवालाले बहुर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

डेरी उद्योग सङ्घका महासचिव प्रह्लाद दाहाल, राष्ट्रिय किसान आयोगका प्रवक्ता रवीन्द्र केसी, गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, नेपाल उद्योग वाणिज्य महासङ्घ वस्तुगततर्फका संयोजक अरनिको राजभण्डारीले बहुसङ्ख्यक किसानको हितमा हुने गरी वैदेशिक लगानी भित्र्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय