काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटाउने र सरकार गिराउने चलखेल भएको बताएका छन् ।
२७औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘पराजित प्रतिक्रान्तिकारी प्रवृत्ति चुप लागेर बसेको छैन ।
उनले संविधान, लोकतन्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति पाँचदलीय गठबन्धन बनेको बताउँदै त्यसमा दृढ रहन अपिलसमेत गरे । उनले भने, ‘जुन सैद्धान्तिक र राजनीतिक मान्यतामा खडा भएको हो, त्यही मान्यतामा रहेर गठबन्धनलाई अगाडि बढाउनुपर्छ ।’ षडयन्त्रलाई परास्त गर्न सबै माओवादी घटकहरुलाई एकजुट हुन आह्वानसमेत गरे ।


