Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

नेपाली चलचित्र क्षेत्रको पछिल्लो पुस्ताकी अभिनेत्री साम्राज्ञी आरएल शाहलाई इसिएस लिभिङ म्यागाजिनको कभर पेज र भित्री पानाहरुमा विशेष रुपमा फिचर गरिएको देख्न पाइएको छ । उक्त म्यागाजिनको पछिल्लो संस्करणमा अभिनेत्री साम्राज्ञी निकै बोल्ड, ग्ल्यामरस र हट अवतार प्रस्तुत भएकी छिन् । उनको बोल्ड छविलाई पिजे स्टुडियोका फेसन फोटोग्राफर पवन जोशीले आकर्षक रुपमा आफ्नो फोटोग्राफी कला मार्फत् प्रस्तुत गरेका छन् भने स्टाइलिङ जिम्मेवारी नमूना कलेज अफ फेसन टेक्नोलजीबाट फेसन डिजाइनिङमा ग्राजुएट गरेका वसन्त बुढाले निर्वाह गरेका छन् । यसैगरी अभिनेत्री शाहको सुन्दरताई मेकअप र हेयरको माध्यमबाट थप निखार ल्याउने कार्य मेकअप आर्टिष्ट सानु गुरुङ गरेका छन् । अभिनेत्री शाहलाई फेसन डिजाइर मनिश राई, एम्बेसडर डिजाइन्स र भसाभा नेपालका मनमोहक पहिरनहरुमा प्रस्तुत गरिएको छ ।
रनवे तथा कमर्सियल मोडलिङमा जम्दै सन् २०१६ मा प्रदर्शनमा आएको ड्रिम्स नामक चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री शाहले ए मेरो हजुर टू, मंगलम, तिमी संग, इन्टु मिन्टु लन्डनमा, कायरा, मारुनी, रातो टिका लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । अभिनेत्री शाहले एनएफडिसी नेसनल फिल्म अवार्डस् लगायत विभिन्न अवार्डहरु प्राप्त गरिसकेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय