Wednesday 9 September 2026 / बुधबार, २४ भाद्र २०८३

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्ने बताएका छन् ।

बिहीबार बालुवाटारमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’ सार्वजनिक गर्दै उनले पार्टी र संसदीय दलले सर्वसम्मत निर्णय गरेकाले एमसीसी संसद्मा टेबल गर्ने र नतिजा स्वीकार गर्ने बताए ।

“हामी एमसीसी परियोजना संसद्मा टेबल गर्न चाहन्छौँ, पास–फेल जे हुन्छ स्वीकार्छौँ,” उनले भने, “पास हुन्छ कि फेल हुन्छ थाहा छैन । हामीले निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय