Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं । कोरोना कहरले आर्थिक तथा व्यक्तिगत जीवनमा परेको प्रभावका कारण हाँस्न बिर्सिसकेकालाई हसाउने उदेश्यले नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१ आयोजना हुने भएको छ ।

विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् उनीहरुले सहभागीता जनाउन सक्ने प्रतियोगिता रिदम स्क्रिनको प्रस्तुतिमा अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले आयोजना गर्न लागेका हुन् ।

प्रतियोगितामा सहभागीताका लागि जोक्स कम्पिटिशन नामक वेवसाइटमाबाट निशुल्क फारम भर्न सक्छन् अथवा रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत पनि सहभागिता जनाउन सक्नेछन् ।

हकलाकार बुद्दि तामाङ, दिलिप गुरुङ र भानु तिवारी निर्णायक रहेको प्रतियोगितामा विजेता पहिलो दोस्रो र तेस्रोले क्रमश तीन, दुई र एक हजार डलर नगद सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

फेब्रअरी २८ सम्म आवेदन मिति तोकिएको प्रतियोगिता विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्सहान गर्न यो आयोजना गरिएको कार्यक्रमका निर्देशक कमल राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय