Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौँ, सिलिकोन भ्याली क्यालिफोर्नियामा रहेका युअस मारसियल आर्त्स अयड मेडिटेसन एकेडेमीको बेल्ट टेस्ट सम्पन्न्न भएको छ।

उक्त बेल्ट टेस्टमा १५ सहभागीहरूले भाग लिएका थिए। युअस मारसियल आर्त्स अयड मेडिटेसन एकेडेमी, नेपाली मुलुकका तैकोन्डो मास्टर प्रकाश थापाले सन्चालन गर्नु भएको हो। उक्त कार्यक्रममा फ्रीमन्टको सिटी कौन्सिल मेम्बर टेरेसा केङ प्रमुख आथितीको रूपमा सहभागी हुनु भएको थियो। यसै गरी उक्त कार्यक्रममा उत्कृष्ट आमाबाबुहरुलाई पनि पुरस्कारले समानित गरिएको थियो। यस् उत्कृष्ट पुरस्कार, मिना बस्नेत र एम महेस्वोरीले जित्न सफल हुनु भएको थियो।

यसै लगायत उक्त कार्यक्रमको कारनले बाल मनोबिज्ञानमा धेरै फाइदा हुने र बच्चाहरुको अनुशासनमा पनि बौदिक तथा शारीरिक कृयाकलापमा धेरै नै परिवर्तन भएको कुरा उक्त कार्यक्रममा सहभागी आमाबाबुहरुले बताउनु भएको थियो। त्यस्तै गरी कार्यक्रममाकी प्रमुख आथिती सिटी कौन्सिल मेम्बर टेरेसा केङले मास्टर प्रकाश थापाको बारेमा बोल्दइ मास्टर थापाले समाजमा गरेको योग्दानको तारिफका साथै मास्टर थापा आँफैमा एक अनुशासित र मेहेनती मानव हुनु भएको पनि जताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय