Monday 7 September 2026 / सोमबार, २२ भाद्र २०८३

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीको विरोध गर्नेलाई सरकार छाड्न चेतावनी दिएका छन् ।

सामाजिक सन्जालमा शर्माले लेखेका छन्, ‘कि भनौं गठबन्धनमा छौं, सरकारमा छैनौं कि सरकारमा रहँदाको मर्यादा पालन गरौं ।’ सरकारको प्रस्तावविरुद्ध सरकारकै मन्त्रीले असहयोग गरेको पनि उनले बताएका छन् ।

केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा ओलीको नैतिक जवाफदेहीता खोजिने पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय