Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरिएको विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालको पाचौं सस्करणको लागि सिजन मिडियाको कार्यालय कमलादीमा छनौट प्रक्रिया सम्पर्न भएको छ ।

उक्त छनौट प्रक्रियावाट २० जना सहभागीहरु छनौट गरिएको छ । उक्त छनौट कार्यक्रममा निर्णायक मण्डलमा नेपाल एयर लाइन्सका डेपुटी डाइरेक्टर रमेश पौडेल ,मिसेस व्यूटी क्वीन नेपाल सिजन २ कि विजेताहरु शान्ति लिम्वु र मनिसा विमली रहनु भएको थियो ।

छनौट गरिएका प्रतियोगीहरुलाई १५ गते आइतवारवाट प्रशिक्षण प्रदान गरिने छ उक्त तालिममा महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रममा तालिम प्रदान गरिने छ ।

नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको वन्तले बताए ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स, ¥याफ्टीङ,सेल्फ मेकअप, फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।

प्रतियोगिताका विजेताले लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल” को उपाधी सहित फ्रिज, रु ५० हजार वरावरका लेट मि इन को तर्फवाट गिफ्ट भौचर र ४ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः टि भि भ्याकुम क्लिनर साथै रु २० हजार वरावरकोे गिफ्ट भौचर प्रदान गरिनेछ साथै विभिन्न उपहारहरु प्राप्त गर्ने छन ४ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन यस बाहेक अन्य विभिन्न १३ विधामा पनि विजेता छनौट गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय