Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

काठमाडौं, नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको बताए । माओवादीका उपलब्ध पूर्वस्थायी समितिका सदस्यको बैठकले गठबन्धन कायम राख्ने र एमसिसी सम्झौतालाई पनि एउटा निकास दिने लक्ष्यका साथ बिहीबारदेखि नियमित छलफल गर्दै आएका थिए । शनिबार मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी सम्झौतालाई पनि एउटा टुङ्गोमा पु¥याउने र गठबन्धन पनि कायम राख्ने कोणबाट छलफल भइरहेको बताउनुभएको थियो ।

अध्यक्ष प्रचण्डको सोही धारणाअनुसार नै आज बिहान बसेको माओवादीका पूर्वस्थायी समितिका सदस्यको बैठकले सो निर्णय गरेको माओवादी स्रोतले जनाएको छ । निर्णयका बारेमा माओवादीका नेताहरुले औपचारिकरुपमा केही बताएका छैनन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय