काठमाडौं, नेकपा एमालेले आइतबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ ।
प्रतिनिधिसभाको अवरोध खोल्न हामीले राखेको मागमा उहाँहरु सकारात्मक हुनुभएन, हामी प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित भयौं ।’
एमाले प्रक्रियामा सहभागी नहुने भएपछि सत्तारुढ दललाई एमसीसी अनुमोदन गराउन झन् सहज हुने छ । यसअघि आइतबार विहान सत्ता साझेदार दलले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेका थिए ।



