काठमाडौँ, लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा आफूहरू रहेको बताएको छ।
आज एमसिसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिँदै लोसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरू एमसिसीको पक्षमा रहेको बताएका छन्। उनले एमसीसीमार्फत अमेरिकाले केही पनि नलादेको बताए । ‘यसले नेपालको स्वतन्त्रतामा कुनै आघात पार्दैन, अमेरिकाको जुन उद्देश्य छ त्यो सकारात्मक छ ।’



