Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौँ, सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले पाल्पाको तानसेनस्थित रानीमहलमा आयोजना गरिने सात प्रदेश र तीन विभागीय टोली (आर्मी, एपिएफ र पुलिस) को सहभागिता रहने जानकारी दिनुभयो ।

नेपाल भलिबल सङ्घको सहकार्यमा हुने प्रतियोगितामा बिजेता टोलीले रु एक लाख तथा दोस्रो हुनेले रु ५० हजार नगद पुरस्कारसहित सम्मान पत्र प्राप्त गर्ने छन् । करिब ३० लाख बजेट अनुमान गरिएको प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायात, बसोबास, जर्सी र अन्य खेल सामग्रीको व्यवस्था गरिने जनाइएको छ ।

चलचित्र नायक धीरेन शाक्यले खेलकुद, कला, सङ्गीतका साथै सामाजिक कार्यमा सक्रिय तानसेन निवासी सञ्जय मास्केको विसं २०५५ मा सडक दुर्घटनामा निधन भएको र उहाँको स्मृतिमा कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, पत्रकार पद्मम न्यौपानेलगायतले खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न उक्त प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय