Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

मोरङ, प्रथम ‘इक्वालिटी कप महिला क्रिकेट–२०२२’ प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो दिनको खेलमा सुनसरी र झापा जिल्ला विजयी भएका छन् ।

नेपाल क्रिकेट फाउन्डेशन र मोरङ क्रिकेट सङ्घद्वारा संयुक्तरूपमा आयोजित विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा सुनसरी र झापा विजयी भएका हुन् । पहिलो खेलमा सुनसरीले मधेस प्रदेशको सप्तरीलाई १० विकेटले पराजित गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा १४ दशमलव दुई बलमा सबै विकेट गुमाई ४३ रन बनाएको थियो । सुनसरीले तीन दशमलव तीन बलमा विना विकेट क्षतिमा ४४ रन बनायो ।

यसैगरी आज भएको दोस्रो खेलमा नेपालका अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित झापाले मोरङलाई एक विकेटले पराजित पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा आठ विकेट गुमाई ४० रन बनाएको थियो भने झापाले चार दशमलव एक बलमा नौ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

सोमबारको पहिलो खेल झापा र सप्तरी दोस्रो खेल सुनसरी र मोरङबीच हुने फाउन्डेशनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय