काठमाडौं, लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२२ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा देखाउने कार्यक्रम सम्पर्न भएको छ ।
सिजन मिडियाद्धारा आयोजना गरिएको लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२२ मा सहभागी १३ जना प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा काठमाडौं हात्तिसार स्थित नेपाल हाउसमा देखाएका थिए ।
उक्त कार्यक्रममा निरु सिंहले कालेदाइ कालेदाइ वोलको गितमा आफ्नो नृत्य प्रस्तुती संगै कार्यक्रमको शुभारम्भ भएको थियो । सुमीता तामाङ, सुमीत्रा पराजुली सिता पाण्डे र प्रेरणा शिजापति वरालले नेपाली गितमा नृत्य प्रस्तुती दिएको थिए भने मिना श्रेष्ठले नेपाली गित गाएकी थिइन भने प्रतिमा गच्छेदार ले अंग्रेजी गित गाएकी थिइन ।

मन्जु डोटेलले कोभिडको विषयमा आफनो अनुभव राख्नु भएको थियो । त्यसै सावित्री पाण्डेले आफ्नो जीवनको लक्ष्यको वारेमा जानकारी गराउनु भएको थियो भने दुर्गा लामिछाने र सविता पोखरेलले महिला अधिकारको विषयमा आफ्नो धारणा राख्नु भएको थियो । सविना आले मगरले कविता वाचन गर्नु भएको थियो भने अन्तमा रुपा परीयारले कम्मरमाथी पटुकी वोलको गितमा दमदार नृत्य प्रस्तुत गरेकी थिइन ।

उक्त कार्यक्रममा निर्णायक मंण्डलमा समाजसेवी नारायण श्रेष्ठ ,मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी , मिसेस व्यूटी क्वीन नेपाल २०२०की विजेता रश्मी शाक्य सिनियर व्यूटिसियन तथा मिसेस व्यूटी क्वीन नेपाल २०१८ की शान्ति लिम्वु र व्यवसायी श्रवण कुमार कुवर रहनु भएको थियो । उक्त प्रतियोगिताको अन्तिम प्रतिष्प्रर्धा आगामी चैत्र १२ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ ।

















