काठमाडौं गोंगबु स्थित विजी बैङ्क्वेटमा संचालन भएको फेश अफ स्मार्ट किड्स प्रतियोगितामा अलास्का थापा र रायन अर्याल विजेता छनौट भएका छन् भने तेजस्वी सुवेदी र युभान दाहाल फस्ट रनर्स अप चयन भएका छन् । यसैगरी मिष्टर एण्ड मिस वेष्ट मोडल अफ द इयर प्रतियोगितातर्फ भने समग्रमा ममता माझीलाई विजेता छनौट गरिएको छ । 
उक्त प्रतियोगितात्मक कार्यक्रममा पूर्व राज्य मन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो भने प्रतियोगिता युथ क्रियसन नेपालको ब्यानरमा आयोजना गरिएको थियो ।


