Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

हालै ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा संचालन भएको तेस्रो संस्करणको मिष्टर एण्ड मिस रौनियार प्रतियोगितामा वीरगंजका अनितराज रौनियार र पायल रौनियार विजेता चयन भएका छन् । मिष्टर रौनियार विजेता बनेका अनितराजले ट्यालेन्ट र पब्लिक च्वाइस विधाको अवार्ड पनि जित्न सफल भएका थिए भने मिस रौनियार बनेकी पायलले वेष्ट वाक र वेष्ट पर्फमेन्स अवार्ड आफ्नो नाममा सुरक्षित गरेकी थिइन् । प्रतियोगितामा काठमाडौंका राहुल रौनियार स्नेहा रौनियार रनर्स अपका रुपमा छनौट भएका थिए । राहुल वेष्ट पर्सनालिटी, वेष्ट पर्फमेन्स र भिअर च्वाइस विधामा पनि विजेता बनेका थिए भने स्नेहाले भिअर च्वाइस र म्यानेजमेन्ट च्वाइस विधाको अवार्ड पनि जितेकी थिइन् ।
एमी इन्टरटेन्मेन्टको ब्यानरमा आयोजना गरिएको सो प्रतियोगितामा सानु खान, धीरज तण्डुकार, साहिल खान र संगीता रौनियार निर्णायकका रुपमा रहेका थिए । प्रतियोगितामा मेघना रौनियार मिस ट्यालेन्ट, अविभा रौनियार वेष्ट पर्सनालिटी र पब्लिक च्वाइस, मुकेश रौनियार वेष्ट वाक तथा अरुण रौनियार म्यानेज्मेन्ट च्वाइस विधामा विजेता छनौट भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय