काठमाडौं,अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन । उनले एमाले रोज्नुको मुख्य तीन कारण पनि खुलाएकी छन् । मंगलबार राजधानीमा आयोजित ‘पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले अभिनय क्षेत्रमा झण्डै तीन दशक काम गरे पनि देशका लागि अझै केही गर्न सक्छु भन्ने लागेर आफू एमालेमा जोडिएको बताइन् ।
करिश्मका अनुसार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र कार्यशैली, एमालेको नीति र देशभर देखिएको जनलहरका कारण एमाले रोजेकी हुन् ।

‘नेता भनेको जनताको पथप्रदर्शक हो,’ उनले भनिन्, ‘त्यो म ओलीजीमा पाउँछु ।’ सबै पार्टीले लोकतन्त्र, गणतन्त्र अपनाएका भए पनि एमालेले त्यस अतिरिक्त समानता र सामाजिक न्यायसहितको समृद्धि भन्ने नारा बोकेर पिछडिएका वर्गको उत्थान गर्ने र देश विकास गर्ने नीति अपनाएका कारण पनि आफूले एमाले रोजेको उनले बताइन् ।


