पोखरा– सुमधुर स्वरका धनी गायक बिनोद बानियाँ आफ्नो नयाँ गीत ‘बानी पर्यो सुरामा’ मार्फत दर्शक तथा स्रोतामाझ ल्याएका छन् ।
गीत सार्वजनिक गर्दै गायक बानियाँले यसको सफलताप्रति आशावदी रहेको धारणा व्यक्त गरे । गीतलाई गायक बानियाँले नै संगीतबद्ध गरेका छन् ।
उक्त गीतको म्युजिक भिडियोमा अभिनय गरेका भीष्म रानाले आफुले गायक बिनोद बानियाँसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
उक्त गीतको म्युजिक भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका छन् । गीतको रचना उदीपराज ढुंगाना, छायाँकन मिलन शंकरको छ । टिकटक स्टार विना राउत र प्रदीप बास्तोलाको अभिनय रहेको गीतलाई पोखराको हेमजास्थित डिलबारीमा छायाँकन गरिएको हो । गीत विनोद बानियाँकै अफिसियल युटुब मार्फत सार्वजनिक भएको छ ।


