काठमाण्डौँ चैत १५
काठमाण्डौँको सानो भ¥याङ्मा अवस्थित स्विस्तिश्री गुरुकुल आइवी वल्र्ड स्कुलमा स्थापना भएको विद्यार्थी सहायता कोषमार्फत ललितपुरको विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
कोषमा सङ्कलित रकम र विद्यालयमा अध्ययनरत छात्र छात्राहरुको पहलमा अनि विद्यालयका अध्यक्ष तथा समाजसेवी रामकृष्ण चित्रकार, विद्यालय व्यवस्थापक मीना महर्जनको संरक्षकत्वमा खरिद तथा सङ्कलित सामग्रीहरु वितरण गरिएको स्कुलले जनाएको छ ।
सो क्रममा झोला, कापी, कलम, मेटाउ, ज्योमेट्री बक्स्, फुटबल, ब्याटमिन्टनलगाएत न्यानो तथा अन्य कपडाहरु ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं १० को विकट र विपन्न वस्तीमा रहेको श्रीकाली देवी मावि भङ्गेरीफेदीका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई वितरण गरिएको हो ।
हस्तान्तरण समारोहमा स्थानीय समाजसेवी तथा विद्यालय प्रशासनका प्रतिनिधिहरुको सहभागिता थियो ।
स्वस्तिश्रीका विद्यार्थीले त्यहाँका बालबालिकाहरुलाई विभिन्न कृयाकलापका माध्यमबाट शिक्षा आर्जन गर्न सकिने र सिक्नका लागि आँफैले प्रयास गर्नु पर्ने धारणा स्वयम्ले विभिन्न कामहरु गरेर देखाएका थिए ।
कार्यक्रमको उद्धेश्य विद्यार्थीहरुलाई समाजप्रति उत्तरदायी बनाउनुर सामाजिक भावनाले प्रेरित गर्नु रहेको स्वस्तिश्री गुरुकुलका शिक्षक भूषण गौतमले बताउनु भएको
थियो ।


