Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

काठमाण्डौं । काठमाण्डौंको सानो भ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल IB World School मा अर्जेन्टिनाका राष्ट्रिय खेलाडी Paulo de Dybala की ममतामयी आमा Alicia de Dybala लाई एक कार्यक्रमका बीच नेपाली संस्कृति झल्कने लाखे नाचसहित भव्य स्वागत गरिएको थियो ।

विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार र विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकारको उपस्थित रहेको उक्त कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका साथै विद्यालयका फुटबल एम्ब्यासडर अनिल गुरुङ्ग, खेलकुद संयोजक राकेशकुमार राई, फुटबल कोचहरु सनोज श्रेष्ठ र पुष्प विष्ट लगाएतको उपस्थिति रहेको थियो ।

विद्यालयका खेलाडी भाइबहिनीहरुलाई खेलप्रति उत्साहित बनाउने ध्येयले खेलाडी Paulo de Dybala को अटो ग्राफसहितको जर्सी उनकी आमाले विद्यालयलाई उपहार स्वरुप हस्तान्तरण गर्नुभयो । अर्जेन्टिनाका लोकप्रिय खेलाडी Paulo de Dybala हाल इटालीको यूभेन्टस् क्लबबाट आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरिरहेको बताउँदै कुनै दिन डेवाला स्वस्तिश्री गुरुकुलमा उपस्थित हुने कुरा बताउनु भयो ।

डेवाला लाई विद्यायलको तर्फबाट प्र्रबन्ध निर्देशक मिना महर्जन चित्रकारले खादा तथा मायाको चिनो गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय