Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

१६ चैत ।
दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् ।

अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तलब भत्ता पाउन नसकेका हुन् ।

तलबभत्ता नपाएको विषयमा चिकित्सकले यस अगाडि पनि पटकपटक अस्पताल व्यवस्थापन समितिको ध्यानाकर्षण गराए पनि चिकित्सकको तलबभत्ता भुक्तानी भएको छैन ।

नेपाल सरकारको छात्रवृत्तिअन्तर्गत करार सेवामा स्वास्थ्य सेवा विभागबाट कामकाज गर्न खटाई पठाइएका मेडिकल अधिकृत, नर्सिङ अधिकृतको तलबभत्ता भुक्तानी हुन् नसकेको र दमौली अस्पताल व्यवस्थापन समितिको आन्तरिक कोषबाट पनि तलब खुवाउन नसकेको हुँदा दैनिक कार्य गर्न कठिनाई भएको चिकित्सकले जनाएको छ ।

चिकित्सकले आज स्वास्थ्य सेवा विभागलाई ज्ञापनपत्र पठाई तलबभत्ताको आवश्यक व्यवस्था मिलाउन माग गरेका छन ।
अस्पतालमा कार्यरत डा राजु रानामगर, डा आस्था रेग्मी, डा सिन्चन पाण्डे, डा पूजा सैजु, डा कृष्ण गिरी, डा सञ्जिव भण्डारी, डा सुनयन सुवेदी, डा सुशील विक, डा प्रशन्न कार्की, सिर्जना आले ९नर्सिङ अधिकृत०, सम्झना श्रेष्ठ ९नर्सिङ अधिकृत०, डा सुप्रिया श्रेष्ठ र डा अभिनन्दन तिवारीले सामूहिकरूपमा स्वास्थ्य सेवा विभागलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय