Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौँ-
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्रीवितरण व्यवस्थापनका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक तथा कल्याणकारी कार्यहरु गर्दै आइरहेको छ ।

निगमको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेजाव आक्रमणबाट पिडित फुलवारी ३, ओखलढुङ्गाका पवित्रा कार्की र अग्यौली ९ नवलपरासीका बसन्ति परियार तेजाब आक्रमणबाट पिडित भइ सामाजिक तथा मनोवैज्ञानिक साथ जीवन बाँचिरहेको आक्रान्त अवस्थामा निगमको सम्पर्कमा आउनु भएको थियो ।

उहाँहरु दुवैजनाले कमजोर आर्थिक र शरीरमा तेजावको जलनका कारण अन्य शारीरिक कार्यहरु गर्न असमर्थ रहेको र जीवन निर्वाह तथा नियमित औषधीको जोहो गर्न कठिनाइ भएको व्यहोरा खुलाई आफ्नो योग्यता अनुसारको रोजगारीको व्यवस्था गरिदिन अनुरोध गरी निगममा निवेदन पेश गर्नुभएको र सो विषयमा निगम व्यवस्थापन र निगम सचालक समितिको समेत ध्यानाकर्षण भइ छलफल हुँदा तेजाव पीडित दुबै जनालाई सामाजिकीकरणमा सहयोग पुन्याई क्षमता विकास गर्न सक्ने अवसर जुटाइदिने तथा जीवनयापन औषधोपचारमा पुनरउत्थान गर्ने ।

र सामाजिक अन्तरघुलन गराइ निजहरुको आत्मबल बढाइ भविश्यमा आत्मनिर्भर बनाउने तथा निजहरुको क्षमता र योग्यताको आधारमा व्यवसायिक कार्यमा लगान दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ नियमानुसार निर्वाह सर्थ उपलब्ध गराउने गरि १ वर्षको लागि करार सम्झौता गरी मिति १६ देखि निगममा कामकाजमा लगाइएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरेको छ निगमले।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय