Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

जनकपुरधाम, प्रदेश नं २ नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले गीत र सङ्गीतले जीवनलाई सुन्दर बनाउँदै सुवास बढाउने गरेको धारणा व्यक्त गर्नुभएको छ । झाले गीतकार अशोक दत्तद्वारा लिीखत “राग–तान” नामक मैथिली गीत सङ्ग्रहको आज यहाँ विमोचन गर्दै सामाजिक विविधतालाई गीतमा संयोजन गर्नु आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मैथिली भाषा, कला, सभ्यता, संस्कृति, संस्कारको संरक्षण र विकास सन्दर्भमा नगरपालिकाले जानकीका नाममा रु १० लाख अक्षय कोषको स्थापना गरिने जानकारी दिनुभयो । उपप्रमुख रिताकुमारी मिश्र, वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपाली, साहित्यकार रोशन जनकपुरी, गायक एवं सङ्गीतकार सुनील मल्लिकले सङ्ग्रहको विशेषताबारे प्रकाश पार्नुभयो ।

उपमहानगरपालिकाद्वारा प्रकाशित सो सङ्ग्रहमा जनकपुरधाम गान, स्वागत गान, मिथिला गान, मधेश गान, धार्मिक, सांस्कृतिक, चेतनामूलक, अभियान, बाल र विविध रङ्गका १८० गीत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय