Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

राजधानी शहरको सोल्टीमोड स्थित ल्याण्डमार्क रिसेप्सनमा संचालन गरिएको रनवे ड्रिम्स सिजन टू नामक मोडलिङ प्रतियोगितामा रिसभ मित्तल र स्नेहा ढकाल शीर्ष उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा ओम जोशी र अनुषा कुँवर क्षेत्री फस्ट रनर्स अप तथा समर पुरी र अनु मानन्धर सेकेन्ड रनर्स अपका रुपमा विजयी भएका थिए । कार्यक्रममा मधु किरणलाई मिसेस् टुरिजम नेपाल २०२२ का रुपमा ताज पहि¥याइएको थियो । मधुले आगामी सेप्टेम्बरमा दुबईमा संचालन हुने मिसेस् टुरिजम प्याजेन्ट्समा नेपालको तर्फबाट आधिकारिक रुपमा प्रतिनिधित्व गर्नेछिन् ।
मोडलिङ क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न चाहने युवा युवतीलाई प्रोफसनल ग्रुमिङ प्रदान गर्दै मोडलिङ क्षेत्रका लागि योग्य र प्रतिस्पर्धी बनाउने हेतुले ड्रिम इन्स्टिच्युट अफ मोडलिङ एण्ड फेसनले आयोजना गरेको सो प्रतियोगितामा अनिल महत र जागृति यादव फोटोजेनिक, राजिव चौधरी र प्रिंकला खड्गी मोष्ट पपुलर, सौर्य तिर्वा र अनुषा कुँवर क्षेत्री वेष्ट वाक, आयुष पाण्डे र गृष्मा तामाङ मोस्ट फ्रेन्ड्ली, ओम जोशी र प्रमिला विष्ट मोस्ट स्टाइलिसका रुपमा छनौट भएका थिए । यसैगरी जिक्टेन शेर्पा र अनुषा कुँवर क्षेत्री मोस्ट ट्यालेन्टेड, समर पुरी र प्रिंकला खड्गी वेष्ट फिजिक तथा रिसभ मित्तल र स्नेहा ढकाल वेष्ट पर्सनालिटीका रुपमा पुरस्कृत भएका थिए । प्रतियोगितामा प्रमिला विष्ट वेष्ट हेयर तथा सृष्टि नेमकुल मोस्ट डिसिप्लीनका रुपमा छनौट गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय