Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं-
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण काठमाडौंका अधिकांश सडक ट्राफिक जामले अस्तव्यस्त बनेका छन्।

मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।

गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् । प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ ।

प्रचण्ड–माधव समूहले आज काठमाडौं र ललितपुरका बिभिन्न नौ स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोधसभा गर्दै छ ।

माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत हुने छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।

प्रचण्ड–माधव समूहले विरोधसभा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय