Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ सिजन ४ को उपाधिमा ललितपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले आफ्नो नाम लेखाउन सफल भएकी छिन् । प्रतियोगितामा उनले शीर्ष उपाधि संगै मोस्ट ट्यालेन्टेडको उपाधि पनि जितेकी हुन् । प्रतियोगितामा बेष्ट नेलआर्ट र बेष्ट फिगरसँगै फस्ट रनर्स अपको उपाधि गीत आलेमगर तथा बेस्ट हेयरसँगै सेकेन्ड रनर्स अपको उपाधि अस्ली केसीले प्राप्त गरे । प्रतियोगिताको अन्य उपाधिमा मोष्ट बब्लीसँगै पब्लिक च्वाईसको उपाधि रमा गुर्माछान, भ्युअर्स च्वाईस र बेष्ट स्माईलको उपाधिमा मुना थापामगर, मल्टी मिडिया, बेस्ट ड्रेस र फोटोजेनिक उपाधिमा रन्जिता थापा, स्टाईलिस्ट र म्यानेजमेन्ट च्वाइस अवार्डमा सृजना कुँवर विजेता चयन गरिएका थिए ।

यसैगरी प्रतियोगितामा बेस्ट हेयर स्टाईलिस अवार्डमा शिखा थापा, फ्रेन्डली अवार्डमा करिश्मा थापा मगर, मोस्ट ब्युटिफुल अवार्डमा ज्योति राउत, मोस्ट पङ्चुअल अवार्डमा सुष्मा सौरभ र मोस्ट इनोेसेन्ट अवार्डमा अर्चना कुमारी विजयी भएका थिए । यसैगरी पर्सनालिटी अवार्डमा सुमित्रा श्रेष्ठ, मेहन्दी आर्ट अवार्डमा प्रीति झा, इन्टेलिजेन्ट र क्याटवाक अवार्डमा सकुन्तला अवाले, सिभिलिटी अवार्डमा शोभा महर्जन, बेस्ट आईज अवार्डमा प्रभा चौम्लागाईं तथा बेस्ट स्किन अवार्डमा रमीक्षा लिम्बु उत्कृष्ट ठहरिएका थिए । ब्युटिसियनहरुको प्रतिभा प्रस्तुति र ब्यक्तित्व विकासको लागि विगत चार वर्षदेखि संचालन हुँदै गएको यो प्रतियोगितात्मक कार्यक्रमको आयोजना रोज सीप विकास तालिम केन्द्र र विलक्षण क्रियसन प्रा.लि.ले संयुक्त रुपमा गरेको हो । प्रतियोगिताको कोरियोग्राफी संचारकर्मी एवं कोरियोग्राफर जयन सुब्बा मानन्धरले गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय