Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौँ-
पुर्व निर्धारित रुपमा प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।

विरोधसभालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटीका सदस्री तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल – जबसम्म ओलिले आफ्नो प्रतिगमनकारी कदम सच्याउँदैन्न तबसम्म हामी कफन बाधेर बिरोध गरिरहन्छौँ । केपि ओलि यस पार्टीका अध्यक्ष बन्ने लायक रहेन्न, ओलि विश्वासघाती रहेछ्न, ओलि अब कमरेड रहेन्न भनी आरोप लगाएका थिए ।

प्रचण्ड–माधव समूहको जुलुस माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत भएको छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय