काठमाडौं । वार्षिक परीक्षा पछि फुर्सदमा रहने बालिकाको प्रतीभा प्रष्फुटन तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तररुपमा आयोजना गर्दै आएको ‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेज’ प्रतियोगिताको आज भएको पहिलो अडिसनमा ३० जना प्रतियोगी बालबालिका छनौट भएका छन् ।

उक्त प्रतियोगिताको अन्तिम अडिसन भने वैशाख १० गते हुने छ । प्रतियोगीको प्रशिक्षण ११ वैशाखबाट सुरु हुने आयोजक संस्था सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी दिनुभयो ।
प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा मिसेस व्यूटी क्वीन नेपाल २०१९ की विजेता शान्ति लिम्वु , मनिषा विमली र जुम्वा प्रशिक्षक सोनाम केसी रहनु भएको थियो ।
उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईने पनि तुलाधरले जानकारी गराए ।
प्रतियोगीहरुलाई चन्द्रागिरी हिल्स ,साँगा स्थित काठमाडौं फन भ्याली, भक्तपुर दरवारक्षेत्र, छाउनी सँग्रहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखान बालगृह, नेपाली फिल्म,नारायणहिटि दरवार संग्राहालय, अपाङ्ग वाल सेवा केन्द्र, वृद्धा आश्रम लगायतको विभिन्न स्थानको भ्रमण गराईने छ ।

बालबालिकालाई तीन सातासम्म व्यक्तित्व विकाससम्बन्धि विभिन्न प्रशिक्षण दिइनेछ । बाल उपायोगी प्रशिक्षण सम्बन्धित विज्ञबाट गराइने पनि तुलाधरले जानकारी गराउनुभयो ।
प्रतियोगीलाई चन्द्रागिरी हिल्स ,साँगास्थित काठमाडौं फन भ्याली, भक्तपुर दरवारक्षेत्र, छाउनी संग्रहालय, गोदावरी वनस्पति उद्यान, जाउलाखेलस्थित चिडियाखाना बालगृह, नेपाली फिल्म, नारायणहिटी दरवार संग्राहालय, अपाङ्ग वाल सेवा केन्द्र, वृद्धा आश्रमलगायतको विभिन्न स्थानको भ्रमण पनि गराइनेछ ।

उनीहरुलाई विभिन्न खेलका साथै विभिन्न प्रतियोगीतात्मक कार्यक्रममा समेत सहभागिता गराइने छ।
प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । जुनियर स्कुल प्रिन्सेस–२०२२ को चयन भने २०७६ साल बैसाख २४ गते राष्ट्रिय नाचघर जमलमा भव्य समारोह माझ हुनेछ ।
यो प्रतियोगितामा जुनियर स्कुल प्रिन्सेज–२०२२ की वितेजाले छात्रावृति ,साईकल साथै अन्य विभिन्न उपहार प्राप्त गर्नेछिन् ।
यस्तो सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।














