Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं ३ वैसाख, आफ्ना ३५ जना प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल प्रस्तुत सफल भएसंगै मोरङका २६ वर्षिय नूतन श्रेष्ठ मिष्टर नेपाल वल्र्ड २०२२ उपाधिका हकदार बनेका छन् ।

मिष्टर नेपाल वल्र्ड विजेता बने संगै नूतनले नगद पुरस्कार रु पाँच लाख हात पार्न सफल भएका छन् । संगै उनले मिष्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । नूतनलाई यस अघिका मिष्टर नेपाल वल्र्ड विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । प्रतियोगितामा झापाका २३ वर्षिया अभिषेक चुँडाल फस्ट रनर्स अप, काठमाडौंका २९ वर्षिय एलिस गिरी सेकेन्ड रनर्स अप, कैलालीका २१ वर्षिय समिप शाही थर्ड रनर्स अप तथा मोरङका २७ वर्षिय विशाल कट्वाल फोर्थ रनर्स अपका रुपमा छानिएका थिए । उनीहरुले क्रमशः रु पचास हजार, तीस हजार, बीस हजार र पन्ध्र हजार नगद पुरस्कारका रुपमा प्राप्त गरेका थिए ।

बौद्धस्थित हायात रिजेन्सीको रिगल बलरुममा भव्य रुपमा सजाइएको मञ्चमा शुभश्री शुभरंग आउटलेट्सका डिजाइनर ज्वाला राज पोखरेलले डिजाइन गरेको कलरफुल ट्रंकमा आफ्नो वलिष्ठ शरीरको प्रदर्शन सहित शानदार तरिकामा प्रस्तुति दिएसंगै मिष्टर नेपाल वल्र्ड २०२२ का ३६ प्रतिस्पर्धीहरुको उपाधि दौडको यात्रा प्रारम्भ भएको थियो । नेक्स्ट मोडल्स नेपालको ब्यानरमा रवि धमला र यतना पाण्डेको निर्देशनमा अघि बढेको प्रतियोगिताको कोरियोग्राफी अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले सम्हालेका थिए भने कार्यक्रमको उद्घोषणमा संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले जिम्मेवारी लिएका थिए । कार्यक्रममा एक्सपोज नेपाल डटकमको प्रतियोगिताको पहलकर्ताको रुपमा संलग्नता रहेको थियो ।

आईआईएफटीका डिजाइनरहरुले तयार पारेको डिजाइनर वेयरमा परिचित भएका सहभागिहरुको प्रतिस्पर्धाको यात्रामा टक्सिडो राउन्ड पछि उत्कृष्ट १२ को छनौट कार्य अगाडि बढेको थियो । प्रश्न मार्फत् उत्कृष्ट १२ मा परेका प्रतिस्पर्धीहरुको बौद्धिकता र संचार कला मुल्यांकनमा पूर्व मिष्टर नेपालद्वय डा. आयुष्मान घिमिरे र सन्दिप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री रिचा शर्मा, संचारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा फोटोग्राफर राज भाई सुवाल निर्णायकका रुपमा रहेका थिए ।

अन्ततः उत्कृष्ट पाँचमा छनौट भएका नुतन, अभिषेक, एलिस, समिप र विशाल मध्ये अन्तिम निर्णायक प्रश्नको सर्वोत्कृष्ट उत्तर संगै आफूलाई व्यक्तित्व, प्रस्तुति, बौद्धिकता र नेपाललाई विश्व मंचमा नेपाललाई प्रभावकारी रुपमा प्रस्तुत गर्न सक्ने उत्कृष्ट दाबेदारी दिए संगै नूतनले मिष्टर नेपाल वल्र्ड २०२२ को उपाधि आफ्नो नाममा पार्न सफल भए ।

तीन साता भन्दा बढीको समयावधिको मेकिङ प्रक्रियामा मुख्यतः कोरियोग्राफर प्रशान्त ताम्राकार तथा प्रशिक्षकत्रय माल्भिका सुब्बा, रोजिन शाक्य, सुमन श्रेष्ठ लगायतले मिष्टर नेपाल वल्र्ड २०२२ का सहभागिहरुलाई पर्सन देखि प्रोफेसनल सम्म यात्राको तयारीमा विविध विषयमा प्रशिक्षण र ग्रुमिङ गरेका थिए ।

एभरेष्ट ग्रुपको बिबोइङ तथा गायिका सुवानी मोक्तानको प्रस्तुतिले सांगीतिक शितलता छरेको सो प्रतियोगितात्मक कार्यक्रममा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा. सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कट्वाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट ठहरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय