काभ्रेपलाञ्चोक, १० माघ । काभ्रेपलाञ्चोकको बनेपामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम डिस्पोजल गरिएको प्रहरीले जानकारी दिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम फेलापारी डिस्पोज गरेको हो । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खोज्ने कार्य शुरु गरेको थियो । बिहान ३ बजेदेखि अहिलेसम्म ठप्प भएको र बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।


