Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं– उत्तम सञ्जेलद्वारा निर्देशित सर्ट फिल्म सन्तान यूट्युबमार्फत दर्शकमाझ आएको छ ।

उक्त फिल्मको मुख्य भूमिकामा कलाकार मिथिला शर्मालाई प्रस्तुत गरिएको छ । फिल्ममा अजय अधिकारी सुशील, साक्षी लम्साल, सन्दिप श्रेष्ठ, पुष्प अवस्थी, सरस्वती अधिकारी, रबिन दोङ आदि कलाकारहरुले पनि अभिनय गरेका छन् ।

यो फिल्ममा धन–सम्पत्तिका लागि छोरा–छोरीले आमा–बुबालाई के र कतिसम्म गर्न सक्छन् भन्ने देखाउन खोजिएको छ ।

यो सर्ट फिल्मको छायांकन दुर्गा पौडेलले गरेका हुन् ।

नबिन घर्ती मगरको सम्पादन रहेको यो फिल्मको कथा, पटकथा, संवाद पनि निर्देशक उत्तम सञ्जेलले नै तयार पारेका हुन् ।

करिव १७ मिनेट लामो यो सर्ट फिल्म ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय