Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

धादिङबेसी ,विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ता रिहाईको माग गर्दै आज नेपाल बन्द गरेकोले धादिङबाट चल्ने सवारी साधनहरु बिहानै देखि चलेका छैनन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङले शुक्रबार एक विज्ञप्ती जारी गर्दै धर्मेन्द्र बास्तोला सहितका नेता कार्यकर्ताको रिहाइको माग गर्दै बन्दको घोषणा गरिएको जनाएको थियो ।

धादिङबेसीको पसलहरु समेत आंशिक बन्द देखिएका छन् भने पृथ्वी राजमार्गका विभिन्न ठाउँहरुमा कुकर बम भेटिए सँगै धादिङबेसीबाट चल्ने सवारी साधन चलेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय