Thursday 15 October 2026 / बिहीबार, २९ आश्विन २०८३

जनकपुरधाम-
मैथिली भाषामाथि शासकको बक्र दृष्टि रहेकाले अस्तित्व संकट देखिएको धारणा व्यक्त गरिएको छ ।

मैथिली विकास कोषद्वारा आज यहाँ आयोजित मासिक कवि गोष्ठीका अवसरमा स्रष्टाहरूले सो धारणा गर्नुभएको हो । प्रदेश–२ सरकारका कतिपय मन्त्री मैथिली भाषालाई गौण पार्ने क्रियाकलापलाई प्रश्रय दिई रहेका कारण आगामी जनगणनामा मैथिली भाषाका सन्दर्भमा प्रतिकूल अवस्था उत्पन्न हुन सक्ने चिन्ता पनि उहाँहरूले व्यक्त गर्नुभयो ।

मैथिली भाषामाथि भइरहेको प्रहारप्रति आम समुदायलाई सजग गराउन स्रष्टाहरूले सिर्जनात्मक अभियानको थालनी गर्नुृ आवश्यक रहेको उहाँहरूले जोड दिनुभयो । साहित्यकार डा राजेन्द्र विमलले स्रष्टाको सिर्जनात्मक अभियान चेतनाको दीप शिखाको कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । उत्कृष्ट सिर्जनाका लागि सिर्जनामा मूल्यगत उच्चता, समकालीन जीवनको प्रत्याभूति, लय विधान, आत्मीय भावका पक्षको सघनताको खाँचो पनि उहाँले औँल्याउनुभयो ।

साहित्यकार रोशन जनकपुरीले सिर्जनाको शिल्प, शैली, भाषा जनमनलाई छुने हुनु जरूरी छ भन्नुभयो । कवि महेन्द्रकुमार मिश्रले प्रतिभाको पहिचान, कदर र प्रोत्साहनले भाषालाई जीवन्त बनाउनमा टेवा पु¥याउन सक्ने धारणा राख्नुभयो ।
कोषका अध्यक्ष जीवनाथ चोधरीको अध्यक्षतामा भएको सो गोष्ठीमा स्रष्टाहरू डा, विमल, मिश्र, गोष्ठी संयोजक पुनम झा मैथिल, डा गायत्री झा, किरण झा, सपना कर्ण, देवीकान्त मिश्र, काशीकान्त झा, मनोज परमेश, राजेश महतो, उमेश यादव, राजेन्द्र ललन, विजयमणि दत्त, सुजित झालगायत आआफ्ना रचना वाचनका साथै मैथिली भाषाको रक्षाका लागि सबै पक्षलाई अग्रसर हुनु आवश्यक छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय