Friday 29 March 2024 / शुक्रबार, १६ चैत्र २०८०

काठमाडौँ ३१ वैशाख ।

सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ। मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको र अक बेही बेरमा सर्वदलीय बैठक बस्न लागेको छ ।

यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुनेछ ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा पनि आज बिहानदेखि नै मतगणनाको तयारी भएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय