Wednesday 27 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

राजविराज, नेपाल प्रेस युनियन सप्तरीको कार्यालय स्थापना भएको छ । सदरमुकाम राजविराजमा स्थापना भएको कार्यालयको शनिबार एक कार्यक्रमका बीच युनियनका महासचिव अजयबाबु शिवाकोटीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा शिवाकोटीले युनियनको आफ्नै कार्यालय स्थापना हुनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले यसले सप्तरी जिल्लाका साथीहरुलाई युनियनको गतिविधि सञ्चालन गर्न थप मद्दत पुग्ने बताउँदै सङ्गठनलाई थप सशक्त बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा नेपाली कांग्रेस जिल्लाका सचिव रामकुमार यादवले लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसले नै लोकतन्त्र र सङ्घीयताको रक्षा गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ एवं प्रेस युनियनका केन्द्रीय सदस्य माधव चौलागाईँ, नेपाल प्रेस युनियन सप्तरीका संस्थापक संयोजक गणेशलाल देव, संस्थापक कोषाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष धीरेन्द्रप्रसाद साह, युनियनका केन्द्रीय पार्षद् एवं नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष मुरलीप्रसाद यादव, युनियनका पूर्व जिल्ला अध्यक्ष ओमप्रकाश साहसहितले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय