Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

फेसनेबल र स्टाइलिस देखिन रहर गर्नेहरुका लागि गर्मीको मौसम अनुकूल मानिने गरिन्छ । वातावरणीय तापक्रमसित पनि मेल खाने र आफ्नो व्यक्तित्वमा निखार आउने फेसनका शैलीहरुले सबैलाई आकर्षित गर्ने गर्दछ । यही परिवेशमा नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका छैठौं सेमेष्टरमा अध्ययनरत १७औं ब्याचका विद्यार्थी डिजाइनरहरुले तयार परिकल्पना गरेका केही समरका शैलीहरु यहाँ प्रस्तुत गरिएको छ । प्रस्तुत गरिएका परिकल्पनाहरु फेसन जर्नालिजम वर्कशप अन्तर्गत समर ड्रेसिङ थिम अन्तर्गत सबमिट गरिएका डिजाइन स्केच र राइटअप मध्येबाट छानिएका उत्कृष्ट सृजनाहरुलाई यहाँ समेटिएको छ ।

अमिशा सुनामको सृजना

गर्मी मौसम सुहाउँदो फेसन शैलीका लागि अमिशा सुनामद्वारा कल्पना गरिएको यो पहिरन गर्मी मौसममा हुर्कने बोट विरुवा र पेस्टल कलरहरुबाट प्रेरित रहेको छ । यसमा ओसियन ग्रीन कलरको वन् सोल्डर क्रप टप र पेस्टल ब्लु कलरको फ्लोरल पाइन्ट रहेको छ । पाइन्ट फुल लेन्थ वाइड लेग्ड पाइन्ट हो र प्रयोगकर्ताको फिगर सुहाउँदो हुने गरी यसमा हाइवेस्टेड वाइड वेस्ट ब्याण्ड सहितको रहेको छ भने सहजताका लागि यसमा ब्याक हिडन जिप पनि प्रयोग गरिएको छ । पाइन्टमा प्रयोग गरिएको प्याटर्नको कुरा गर्नुपर्दा यसमा म्यापल, ट्रपिल पातहरु त्था ल्याभेन्डर र ल्यान्टन जस्ता फूलका प्रिन्ट देख्न सकिन्छ । टपको कुरा गर्नुपर्दा यो हेर्दा सिम्पल देखिए पनि युनिक छ । वाइड कफ भएको पिजन्ट स्लीभ यसको विशेषता हो । प्रयोगकर्ताको सहजताका लागि यसमा साइड जिपर हुनुका साथै फिगर विशेषता प्रस्तुत गर्नका लागि यसमा वाइड वेष्ट ब्यान्ड पनि प्रयोग गरिएको छ । यो डिजाइनका लागि कटन, रेयन, क्रिन्कल फ्रि लाइक्रा कटन तथा लिनेन कपडा उपयुक्त हुन्छ । सेमी फर्मल लुक प्रदान गर्ने यो डिजाइन ब्रन्च डेट्स तथा मिटिङ लागि उपयुक्त हुन्छ ।

अश्विीनी कर्माचार्यको सृजना

यो पहिरन एम्स्ट्राक्टबाट प्रेरित रहेको छ । अश्वीनी कर्माचार्यको यो सृजनाले येलो, टरक्वाइज, पर्पल, लाइट ग्रीन, व्हाइट र पिन्क जस्ता समर भाइभ महशुष गराउने रंगहरुलाई प्राथमिकता दिएको छ । यो सृजनामा व्हाइट कलरको साटन शर्ट, एब्स्ट्राक्ट प्रिन्ट भएको कोर्सेट र उस्तै प्याटर्न सहितको वाइड फ्लेयर्ड कटन पाइन्ट जोडा रहेको छ । विशेषतः प्रयोगकर्ताको वेस्ट लाइनलाई हाइलाइट गरिएको यो डिजाइनमा कोर्सेट र वाइड फ्लेयर्ड पाइन्टलाई समर भाइब्स सृजना गर्ने एलिमेन्टका रुपमा प्रस्तुत गरिएको छ । यो डिजाइन विशेषतः टिनेजर युवतीहरुमा लक्षित रहेको छ । पहिरन आफैंमा ब्राइट कलरहरुको संयोजन भएकाले यो पहिरन प्रयोगकर्ताले मिनिमल मेकअप अँगाल्नु उचित हुन्छ भने हेयर स्टाइलमा पोनी टेल राख्नु सुहाउँदो हुन्छ ।

ब्रम्हा पन्तको सृजना

ब्रम्हा पन्तद्वारा कल्पना गरिएको यो समर डे«स समर इभिनिङ पार्टी गाउन हो । यसका लागि कटन सिल्क फ्याब्रिक उपयुक्त हुन्छ । पार्टी भाइव सृजना गर्नका लागि मरुन रेड कलर छनौट गरिएको छ । दायाँ खुट्टाको लोअर थाइ सम्म स्लीट सहितको यो फुल फ्लोर लेन्थ ड्रेस हो जसमा पहिरनको माथिल्लो भाग स्वीट हार्ट टप स्टाइल हो जसको नाडीमा सिरिज ब्रेक पफ सहितको कफ र डिफान्ड वेस्ट रहेको छ । उमेरले अर्ली ट्वेन्टीज्का युवतीका लागि सुहाउँदो यो पहिरन सबै वर्ण तथा अग्लो जिउडाल तथा आवर ग्लास फिगर शेप भएकालाई बढी शोभनीय हुन्छ । पहिरनको अगाडिको भाग भन्दा पछाडिको भागलाई सिम्पल राखिएको छ । प्रयोगकर्ताले क्लोज टोअ् हाई हिल जुक्ता लगाउनु राम्रो हुन्छ ।

झरना श्रेष्ठको सृजना

समुद«का छालहरुबाट प्रेरित यो पहिरन नीलो रंगको वन् पिस डे«स हो । झरना श्रेष्ठले कल्पना गरेको यो पहिरनमा रहेको रच्ड डिजाइनले समुद«को छालको प्रतिनिधित्व गर्दछ । प्रयोगकर्ताको फिट शरीरको सौन्दर्य झल्काउने यो पहिरन बडी हगिङ स्टाइलमा रहेको छ र यसलाई समर मूडमा विशेषतः आउटडोर पार्टी, ब्रन्च, आउटिङ तथा डेट नाइटका लागि प्रयोगमा ल्याउन सकिन्छ । स्ट्रेचिङ विशेषताः हुनुका साथै समर फ्रेन्ड्ली पनि भएका लागि यो डिजाइनका लागि लाइक्रा फ्याब्रिक उचित हुन्छ । यो पहिरन मूलतः टिनएजर तथा अर्ली ट्वेन्टीज् उमेर समूहका युवतीका लागि सुहाउँदो हुन्छ । पहिरनको साइड सिम्स्मा मिनिमल रच्ड इफेक्ट रहेको छ भने बस्ट कप सहितको प्रिन्सेस् लाइन यसको अर्को विशेषता हो । डे«समा भएको बस्ट कपले गर्दा प्रयोगकर्ताका यो आरामदायक र सहज हुन्छ । सिम्पल न्युड मेकओभर, वेभी कर्ली हेयर स्टाइल, एङ्कल स्ट्राप पम्पस्, मिडियम साइज शोल्डर ब्याग तथा सानो आकारको रिङ, इयररिङ र भिन्टेज वाच्को साथमा यो पहिरनको जोडा मिलाउँदा प्रयोगकर्ताको व्यक्तित्वमा अझ बढी निखार र प्रभावकारिता संचार हुन जान्छ ।

ज्योति राना मगरको सृजना

ग्रीक तथा रोमन सभ्यता अनुसार संरक्षणको प्राचीन प्रतिक मानिएको एभिल आई यो डिजाइनको मुख्य प्रेरणाको श्रोत हो । ज्योति राना मगरको कल्पनामा सिर्जित यो शैलीलाई व्हाइट जापानीज् सिल्क, क्रेप, सिफन जस्ता फ्याब्रिकमा तयार पार्दा आकर्षक देखिन्छ भने इभिल आईको प्रतिकलाई बिड्स इम्ब्रोइडरी मार्फत् प्रस्तुत गर्नु राम्रो दखिन्छ । जसका लागि पर्सियन ब्लु, व्हाइट र स्काई ब्लु कलरको बिड्स प्रयोग गर्नु उचित हुन्छ । यो डिजाइनको सिल्हुट फ्लोई अट्याच स्कर्ट सहितको बडीकन डे«स हो । प्लन्जिङ नेकलाइन भएको यो पहिरनमा प्रयोगकर्ताको आरामदायिकता र फिटिङका लागि पहिरको राइट साइडमा जिपरको प्रयोग भएको छ । राउन्ड शेप्ड ब्याग र म्याचिङ हिल्सको प्रयोगले यो पहिरनमा प्रयोगकर्ता अझ सुन्दर र आकर्षक देखिनेछ ।

कञ्चन गौतमको सृजना

भिन्टेज टच सहितको यो समर शैली बेबी सावर, जन्मदिन जस्ता पर्सनल इभेन्ट देखि फेसन शो तथा प्रडक्ट लन्चको इभेन्टका लागि पनि उपयुक्त हुन्छ । कञ्चन गौतमले परिकल्पना गरेको यो डिजाइनका लागि कटन फ्याब्रिक मुख्य रहनेछ छ भने अन्डर बस्ट कोर्सेटका लागि सफ्ट डेनिम सुझाव गरिएको छ । स्कर्टका लागि भने टुल नेट उपयुक्त हुन्छ । समर मूड सिर्जना गर्ने येलो शेड्स र ब्राउन शेड्सको कलर कम्बीनेसन यो डिजाइनका लागि सुहाउँदो हुन्छ । कोर्सेटका लागि भने कालो रंग उचित मानिएको छ । यो शैली नीलेन्थसम्म उपयुक्त हुन्छ । भिन्टेज फेसनबाट प्रेरित यो पहिरनको नेकलाइन साठीको दशक ताकाको फेसनबाट प्रभावित रहेको छ । शोल्डरमा प्रयोग गरिएको बोले भिन्टेज मूडलाई पूर्णता प्रदान गर्दछ । अन्डर वस्ट कोर्सेट भने भिक्टोरियन फेसनबाट प्रभावित रहेको छ र यसले प्रयोगकर्ताको वेस्टलाइनलाई शेप प्रदान गर्दछ । पाँच फिट पाँच इन्ट अग्लो जिउडाल र स्ट्रेट बडी फिगर भएका २० वर्षको उमेर समूहका लागि यो पहिरन लक्षित गरिएको छ । हाई हील भएको एङ्कल लेन्थ बुट यो पहिरनका लागि शोभनीय हुन्छ । सानो आकारको सिलिन्ड्रिकल ब्याग सुहाउँदो एक्सेसरी हुन्छ ।

कञ्चन काफ्लेको सृजना

यो पहिरन विशेषतः समर वेडिङ पार्टीका लागि उपयुक्त हुन्छ । यो डिजाइनका लागि कटन सिल्क र इम्ब्रोइडर्ड फ्याब्रिक सुझाव गरिएको छ । टपका लागि कालो रंग तथा लेहेंगाका लागि पहेंलो बेस कलर तथा कलरफुल इम्ब्रोइडरीको कम्बीनेसनलाई कल्पना गरिएको छ । सलका लागि भने चहकिलो मजेन्टा कलर सोचिएको छ । कञ्चन काफ्लेद्वारा कल्पना गरिएको यो पहिरन इन्डो वेस्टर्न फेसनबाट प्रेरित रहेको छ । यो डिजाइनमा टप स्टे«पलेस रहेको छ भने सल टपसित नै गाँसिएको छ र यसले ब्लाउजलाई वन् शोल्डर लुक प्रदान गरेको छ । फूलको जस्को आकृति सृजना गर्नका लागि सललाई शोल्डर भागमा ग्यादर गरिएको छ । ब्लाउजसित प्यानल्ड लेहेंगा जोडाले यो शैलीलाई पूर्णता प्रदान गरेको छ । २० वर्ष उमेर समूहका ट्रायङ्गुलर फिगर शेप भएका अग्लो युवतीका लागि यो शैली सुहाउँदो हुन्छ । हाईहील जुक्ता, इयररिङ तथा हातमा चुरा आदिले यो डिजाइनमा प्रयोगकर्ताको लुकलाई पूर्णता प्रदान गर्दछ ।

निशा शर्माको सृजना

निशा शर्माको यो सृजनामा आउटरका रुपमा केप स्लीभ सहितको हाई वेस्ट लेन्थ ब्लेजर रहेको छ भने भित्री वस्त्र भने सोही कलरको वन् पिस डे«स बनाइएको छ । पहिरनको माथिल्लो भागलाई क्रप टप कोर्सेटका रुपमा प्रस्तुत गरिएको छ । यो सिजनमा हिट हुन मानिएको इलेक्ट्रिक ब्लु कलरलाई यो डिजाइनको मुख्य रंगका रुपमा लिइएको छ । सेमी फर्मल मूडका लागि तयार पारिएको यो डिजाइनका लागि कोरियन सुटिङ फ्याब्रिक उपयुक्त हुन्छ । प्रयोगकर्ता लागि न्युड मेकअप बढी उपयुक्त हुन्छ । यो डिजाइनका लागि रेड पोइन्टेड हिल र चेनलाई सुहाउँदो मुख्य एक्सेसरीजका रुपमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय