Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

भारतीय सङ्गीत कम्पनी टी सिरिजले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गजल ‘साम से ही दिल’ सार्वजनिक गरिएको छ ।

भारतीय संगीत कम्पनी टी सिरिजले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गीत आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गजल सार्वजनिक गरिएको हो । टी–सिरिज लेबलमा तयार भएको गजलमा हिन्दी र उर्दू भाषाको प्रयोग गरिएको छ । गीतलाई जनकदीप प्रोडक्सनले निर्माण गरेको हो ।

वरिष्ठ फिल्म निर्देशक तथा गीतकार नीर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगीतकार इम्तियाज वफा, गायक सुमन शेखर मानन्धरसहित अन्य कलाकार उपस्थिति थियो । गजलमा अभिनेता सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय देख्न सकिन्छ ।

निर्देशक जनकदीप पराजुलीले टिसिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतः पहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षा व्यक्त गरे ।

‘टिसिरिज जस्तो भारतकै एक नम्बर कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा हो । योसँगै गीतले पर्यटनलाई पनि केही न केही फाइदा गरोस् भन्ने हाम्रो चाहना हो,’ पराजुलीले भने ।

उक्त भिडियो तीन वर्ष ३ दिन पछि सार्वजनिक भएको पनि कार्यक्रमै जानकारी गराइएको थियो । यो गजल भिडियो रारा, स्वयम्भू, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा छायांकन गरियो हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय