Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

फेसनेबल र स्टाइलिस देखिन रहर गर्नेहरुका लागि गर्मीको मौसम अनुकूल मानिने गरिन्छ । वातावरणीय तापक्रमसित पनि मेल खाने र आफ्नो व्यक्तित्वमा निखार आउने फेसनका शैलीहरुले सबैलाई आकर्षित गर्ने गर्दछ । यही परिवेशमा नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका छैठौं सेमेष्टरमा अध्ययनरत १७औं ब्याचका विद्यार्थी डिजाइनरहरुले तयार परिकल्पना गरेका केही समरका शैलीहरु यहाँ प्रस्तुत गरिएको छ । प्रस्तुत गरिएका परिकल्पनाहरु फेसन जर्नालिजम वर्कशप अन्तर्गत समर ड्रेसिङ थिम अन्तर्गत सबमिट गरिएका डिजाइन स्केच र राइटअप मध्येबाट छानिएका उत्कृष्ट सृजनाहरुलाई यहाँ समेटिएको छ ।

प्रज्ञा शाहीको सृजना

समर मूडका लागि सोचिएको यो पहिरन शैली रेट्रो म्युजबाट प्रेरित रहेको छ । यो एङ्कल लेन्थ भएको स्टे«ट सिलहुटको डिजाइन हो भने बस्ट देखि हिप सम्म फिटेड र कम्मर भन्दा मुनि लुज स्टाइल रहेको छ । यो शैलीमा डिप कट् हल्टर नेक डिजाइन रहेको छ भने यसलाई घाँटीमा स्ट्राइपद्वारा टाइअप गरिएको छ । समर पार्टी देखि भ्यालेन्टाइ डे मुडका लागि पनि यो शैली उपयुक्त हुन्छ । प्रज्ञा शाहीले प्रस्तुत गरेको यो शैलीलाई साटन र नेट फ्याब्रिकमा उचित मानिएको छ । नेट फ्याब्रिकमा भने थ्रेड इम्ब्रोइडरी आकर्षण राम्रो हुन्छ । यो शैली हिपलाइनबाट पारदर्शी हुनेछ । यो शैली टिनएजर तथा वयस्क युवती दुवैका लािग उपयुक्त हुन्छ । सबै वर्णका लागि सुहाउँदो रेड कलर यो पहिरनको मुख्य रंग हुनेछ भने विशेषतः एप्पल शेप बडीका लागि यो बढी शोभनीय हुन्छ । पेन्सिल रेड प्वाइन्टेड हिल तथा चेरी शेप्ड इयररिङ यो डिजाइनसित जोडा बनाउन उचित हुन्छ ।

रोशनी लिम्बुको सृजना

यो पहिरन ब्लु मोर्फो बटरफ्लाईबाट प्रेरित रहेको छ । रोशनी लिम्बुद्वारा तयार पारिएको यो शैली मर्मेड सिल्हुटमा तयार भएको छ र यो समर इभनिङ पार्टीका लागि उपयुक्त हुन्छ । यो डे«सका लागि शियर सिफन र सिल्क फ्याब्रिक उपयुक्त हुन्छ । शियर डिटेल्स सहितको यो पहिरन फुल लेन्थको रहेको छ । आवर ग्लास फिगरका लागि यो पहिरन सुहाउँदो हुन्छ । पहिरनमा क्वीन एन् नेकलाइनको डिटेल रहेको छ । बोडिस प्लीटेड रहेको छ र बटरफ्लाई विङ्सको स्वरुपका लागि म्यानुपुलेसन गरिएको छ । फ्लटरी इफेक्टका लागि स्लीव्सलाई मोडिफाई गरिएको छ । पर्ल नेकलेस, इयररिङ तथा आर्मलेटको साथमा यो डिजाइनको लुकले पूर्णता प्राप्त गर्दछ । एलिगेन्ट इभनिङ लुकका लागि यो पहिरनसित हाइ हिल्स र स्मोकी आई मेकअप उपयुक्त मानिएको छ ।

राष्ट्र कुमारी राईको सृजना

राष्ट्र कुमारी राईको कल्पनामा सिर्जित यो पहिरन बिच डेट तथा रिफ्रेसमेन्ट मुडका लागि उपयुक्त छ । यो पहिरनमा पातलो स्ट्रेप सहितको काउल नेकलाइनको आकर्षण रहेको छ भने ब्याकलेस ब्याक पनि यो शैलीको विशेषता हो । यो डिजाइनको दायाँ साइडमा अगाडितर्फ स्लीट रहेको छ भने वेष्ट लाइन रचिङ छ । आवर ग्लास र पियर शेप्ड बडीका लागि सुहाउँदो यो पहिरनका लागि सफ्ट जर्जेट फ्याब्रिक उपयुक्त मानिएको छ । यो शैली सोह्र देखि लेट थर्टीज उमेर समूहका महिलाका लागि शोभनीय हुन्छ । ग्रीन कलरलाई मुख्य रंगका रुपमा यो डिजाइनलाई उतारिएको छ भने यो सित रेड रंगको हिल जुक्ता उपयुक्त हुन्छ । यो पहिरन सित बिच लुकका लागि न्युड मेकअप उपयुक्त हुन्छ ।

रेहा सापकोटाको सृजना

टम ब्वाई शैलीमा प्रस्तुत गरिएको यो डिजाइन रेहा सापकोटाको कल्पना हो । यसमा भर्टिकल स्ट्राइप सहितको कटन पोलो टी तथा कटन र लिनेन मिक्स ब्यागी पाइन्टको जोडा रहेको छ । ब्राउन बेल्टको प्रयोगले प्रयोगकर्ताको जिउडालको कर्भलाई प्रस्तुत गर्न खोजिएको छ । कालो रंगको सानो आकारको साइड ब्याग, सुहाउँदो कालो रंगको जुक्ता पनि यो डिजाइनमा प्रयोगकर्ता लुकलाई पूर्णता प्रदान गर्न उपयोग गर्नु शोभनीय हुन्छ । नब्बेको दशकताकाको भाइव्स प्राप्त गर्नका लागि यो डिजाइनमा बब कट् हेयर स्टाइल उपयुक्त हुन्छ ।

समिक्षा मैनालीको सृजना

यो डिजाइन रात्री आकाश जहाँ ताराको चमकदमक संगै चन्द«माको उज्यालो र सुन्दरताको आकर्षण पाइन्छ, त्यो रमणीय माहौलबाट प्रेरित रहेको छ । यो पहिरन चहकिलो सिफन कपडामा कल्पना गरिएको छ । यो फुल लेन्थ डे«स हो र मिड थाईको साइडबाट भने अर्गेन्जा कपडाको प्रयोग भएको छ । डार्क कलरको बडीकन डे«सको वन् शोल्डर नेकलाइन रहेको छ, जसबाट प्रयोगकर्ताको ब्युटी बोनलाई हाईलाइट प्राप्त हुन्छ । पहिरनमा साइड जिपर पनि प्रयोग भएको छ । न्युट्रल ग्ल्याम मेकअप तथा मेसी अप डू हेयरस्टाइल यो डिजाइनसंग सुहाउँदो हुन्छ । व्हाइट हील जुक्ताको प्रयोग उचित हुन्छ । यो पहिरनलाई मूलतः बीस देखि अट्ठाइस वर्ष उमेर समूहका पाँच फिट चार उँचाई भएका महिलाका लागि उपयुक्त हुन्छ ।

संस्कृति श्रेष्ठको सृजना

यो शैली २० वर्ष उमेर समूहको युवतीका लागि उपयुक्त हुने गरी तयार पारिएको छ । संस्कृति श्रेष्ठको कल्पनामा रहेको यो शैली सेमी फर्मल कर्पोरेट वेयरका रुपमा सोचिएको छ भने जार्कान्डा फूलबाट प्रेरित रहेको छ । यस कारण जार्कान्डा फूलकै रंग अनुरुप सुटको कलर रहेको छ । यो शैली मूलतः बिजनेस मिटिङ र फर्मल अवसरका लागि बढी शोभनीय हुन्छ । सुटका लागि कटन कपडा सोचिएको छ भने कोर्सेटका कटन ट्वील सोचिएको छ । यो लेमन येलो कलरको रहेको छ । वेष्ट लेन्थ कोटको स्लीभ भने प्लेन राखिएको छ र यो डबल ब्रिस्ट डिजाइनमा रहेको छ भने हिप लेन्थ कोर्सेटलाई क्रस पकेट भएको मिड थाई लेन्थ हाई वेस्टेड सोटर््स्का टक इन स्टाइलमा राम्रो हुन्छ । गोल्डेन हुप इयररिङ, लेमन येलो कलरको एङ्कल लेन्थ मोजा, कालो रंगको लोफर, कालो रंगकै सुड पर्स र ट्रेन्डी रेक्ट्याङ्गुलर लेमन यलो फ्रेम भएको सनग्लासलाई यो परिहनसित सुहाउँदो एक्सेसरीजका रुपमा प्रयोग गर्नु उचित हुन्छ ।

शीतल श्रेष्ठको सृजना

यो बडीकन ड्रेस हो, यसलाई एसिमेट्रिकल लुक्स प्रदान गर्नका लागि फ्याबि«कबाट ड्रेप गरिएको छ । यो ड्रेप्ड बडीकन डे«सका लागि उच्च क्वालिटीको कटन ब्लेन्ड फ्याब्रिक छनौट गर्नु उपयुक्त हुन्छ । शीतल श्रेष्ठद्धारा कल्पना गरिएको यो पहिरन अवार्ड कार्यक्रम, फेसन शो, प्रडक्ट लन्च लगायतका इभेन्टका लागि शोभनीय हुन्छ । यो पहिरनको भित्रपट्टीको भागका लागि सिल्भर कलर सोचिएको छ भने बाहिरका लागि व्हाइट कलर उपयुक्त हुन्छ । बडीकन डे«स थाइ लेन्थ सोचिएको भने डे«प्ड भागलाई फ्लोर लेन्थ सोचिएको छ । यो एलिगेन्ट डे«प्ड अवधारणा भने पौराणिक ग्रीसबाट प्रेरित रहेको छ । अफ शोल्डर, वन साइडेड स्लीभ र एसिमेट्रील डे«प्ड डिजाइनले प्रयोगकर्तालाई ग्ल्यामरस लुक प्रदान गर्दछ भने पहिरनको बेल स्लीभ र फ्लेर एफेक्टले समर भाइव प्रदान गर्दछ । यो पहिरनशैली पाँच फिट ६ इन्च अग्लो जिउडाल भएका १८ देखि ४० वर्ष उमेर समूहका महिलाहरुका लागि शोभनीय हुन्छ । सिल्भर ग्रीन हाइ हील, एमराल्ड ग्रीन इयर रिङ तथा एमराल्ड ग्रीन रिङ जस्ता एक्सेसरीजको प्रयोगले प्रयोगकर्ताको व्यक्तित्वमा अझ बढी निखार ल्याउँछ ।

तृष्णा ज्ञवालीको सृजना

दैनिक जीवनबाट प्रेरित यो पहिरन टू पीस ड्रेस हो । यसको लुकलाई कम्फर्ट र फेसन समीश्रणमा स्टाइलिङ गरिएको छ । पहिरनको माथिल्लो हिस्सा पहेंलो रंगको क्रप टप हो जसको नेकलाइन भी सेपको रहेको छ । तृष्णा ज्ञवालीले तयार पारेको यो सृजना वेस्टलाइनमा फिटिङ रहेको छ भने बस्ट लाइनमा व्हाइट रफल्स एड अन गरिएको छ भने दायाँ साइडको शौल्डरमा फरको आकर्षण रहेको छ । लोअर बडीका लागि हाई वेस्टेड डेनिम स्टे«ट एङ्कल लेन्थ जिन्स रहेको छ, जसमा थाई एरियामा ग्रन्ज एफेक्ट देख्न पाइन्छ । प्रयोगकर्ता आफ्नो फुटवेयरमा फ्ल्याट वा हिल्स प्रयोग गर्न सक्छन् । यो शैलीका लागि समर भएकैले कटन फ्याब्रिक बढी उचित हुन्छ । २० वर्ष उमेर समूहका जुन सुकै वर्ण भएका युवतीलाई यो शैली सुहाउँदो हुन्छ । यो पहिरनसित आफ्नो लुक सुहाउँदो बनाउनका लागि ओपन हेयरस्टाइल सहित रेग्युलर मेकअप पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय