काठमाडौँ-
ओली समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) चितवनले भरतपुरमा आयोजना गरेको जनसभा कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा प्रचण्ड र माधव नेपाल समुहलाई लक्ष्यित गर्दै नेकपा फुटेको होईन, केहि मान्छे मात्र बाहिरिएका हुन भनेर भनेका थिए । तोकेकै समयमै चुनाव हुन्छ! भनेकै समयमा चुनाव हुन्छ ढुक्क हुनुस भनेर चितवन बासीलाई आश्वासन दिएका थिए ।
आफ्नो सरकारले अहिले खोप अभियान बडो तिब्रताका साथ संचालन गरेको दाबी गरेका थिए साथै तराईमा हुलाकी राजमार्ग निर्माण गरेको र सयकडौँ पुल बनाएको भनेर आफ्नो सरकारको प्रशंसा समेत गरेका थिए ।


